Sunday, February 12, 2012

आयुर्वेदीय औषधि निर्माणमा बाँसको महत्व

 -वासुदेव पौडेल
कीर्तिपुर। नेपालमा पाईने आयुर्वेदीय एवम् आधुनिक औषधियुक्त महत्व बोकेका अपार जडीबुटीमध्ये बाँसपनि एक उपयोगी वनस्पति हो । आयुर्वेदीय दृष्टिकोणबाट अन्य विभिन्न वनस्पतिको चर्चा-परिचर्चा पाईए पनि बाँसको भने औषधिका रुपमा कमै चर्चा पाईन्छ । यसको औषधीय उपयोगिता सम्बन्धमा कमैलाई जानकारी भएका कारण नेपालको एक सर्वसुलभ वनस्पति बाँस औषधीय प्रयोगमा कम पाइन्छ ।

बाँसको आयुर्वेदिक महत्वका सम्बन्धमा प्रचारप्रसार त्यति नपाइए पनि बाँसबाट निस्कने एक किसिमको कपुरजस्तो सेतो पदार्थलाई हामीले खाने गरेका लगभग २५० किसिमका औषधिहरुमा मिसाईने गरिएको आयुर्वेद चिकित्सासँग सम्बन्धित चिकित्सकहरु बाताउछन् । नेपालमा धेरै पहिलेदेखि औषधि उत्पादनमा बाँसको प्रयोग पनि हुनेगरेको छ ।

निर्माणको आधार हो बाँस

-गणेशकुमार लाल
 बाँस हाम्रो जीवनको अभिन्न अंग हो । हामीले कुनै न कुनै रूपमा बाँसको उपयोग गरिरहेका हुन्छौं । पेन र बाल पेन बजारमा आउनुभन्दा अगाडि बाँसको कलम बनाई कागजमा लेख्ने काम गरिन्थ्यो । बाँसबाट कागजको निर्माण पनि गरिन्छ । मानवीय सभ्यताको विकाससँगै सम्बन्ध गाँसिएको छ बाँसको । बहुआयामिक उपयोगले गर्दा बाँस ग्रामीण क्षेत्र लगायत सहरीक्षेत्रमा अति उपयोगी प्रमाणित भएको छ । बाँसबाट प्लाइउड बनाउने प्रकृया सुरु भएदेखि यसको उपयोगिताले राम्रो अवसर र महत्व पाएको छ ।यसले गर्दा बाँसको उत्पादनमा किसानहरू उत्साहित भएका छन् । घर निर्माणदेखि बच्चाहरूको किताब राख्ने र्‍याक, टेबुल,मेच, कुर्सी,सोफा, ढोका,खेलौना, पुल, पुलेशा इत्यादिको लागि अति उपयोगी हो बँास । जंगलको शान हो बाँस यसै गुणले गर्दा यसलाई जंगलको रानी भनिन्छ ।

Sunday, October 23, 2011

Making paper while the sun shines


Lhakpa Geljen Sherpa
      In 2008, when the Chinese were working overtime to finish the infrastructure in time for the Beijing Olympics, in Bhaisepati on Kathmandu's outskirts Lhakpa Geljen Sherpa's factory was also working overtime. Beijing's Grand Hyatt Hotel had outsourced its designer wall panels to Sherpa Everest Art Paper and that was what his workers were trying to finish.