-वासुदेव पौडेल
कीर्तिपुर। नेपालमा पाईने आयुर्वेदीय एवम् आधुनिक औषधियुक्त महत्व बोकेका अपार जडीबुटीमध्ये बाँसपनि एक उपयोगी वनस्पति हो । आयुर्वेदीय दृष्टिकोणबाट अन्य विभिन्न वनस्पतिको चर्चा-परिचर्चा पाईए पनि बाँसको भने औषधिका रुपमा कमै चर्चा पाईन्छ । यसको औषधीय उपयोगिता सम्बन्धमा कमैलाई जानकारी भएका कारण नेपालको एक सर्वसुलभ वनस्पति बाँस औषधीय प्रयोगमा कम पाइन्छ ।
बाँसको आयुर्वेदिक महत्वका सम्बन्धमा प्रचारप्रसार त्यति नपाइए पनि बाँसबाट निस्कने एक किसिमको कपुरजस्तो सेतो पदार्थलाई हामीले खाने गरेका लगभग २५० किसिमका औषधिहरुमा मिसाईने गरिएको आयुर्वेद चिकित्सासँग सम्बन्धित चिकित्सकहरु बाताउछन् । नेपालमा धेरै पहिलेदेखि औषधि उत्पादनमा बाँसको प्रयोग पनि हुनेगरेको छ ।
कीर्तिपुर। नेपालमा पाईने आयुर्वेदीय एवम् आधुनिक औषधियुक्त महत्व बोकेका अपार जडीबुटीमध्ये बाँसपनि एक उपयोगी वनस्पति हो । आयुर्वेदीय दृष्टिकोणबाट अन्य विभिन्न वनस्पतिको चर्चा-परिचर्चा पाईए पनि बाँसको भने औषधिका रुपमा कमै चर्चा पाईन्छ । यसको औषधीय उपयोगिता सम्बन्धमा कमैलाई जानकारी भएका कारण नेपालको एक सर्वसुलभ वनस्पति बाँस औषधीय प्रयोगमा कम पाइन्छ ।बाँसको आयुर्वेदिक महत्वका सम्बन्धमा प्रचारप्रसार त्यति नपाइए पनि बाँसबाट निस्कने एक किसिमको कपुरजस्तो सेतो पदार्थलाई हामीले खाने गरेका लगभग २५० किसिमका औषधिहरुमा मिसाईने गरिएको आयुर्वेद चिकित्सासँग सम्बन्धित चिकित्सकहरु बाताउछन् । नेपालमा धेरै पहिलेदेखि औषधि उत्पादनमा बाँसको प्रयोग पनि हुनेगरेको छ ।

